रेनेसाँ थियटर नेपालको गठन,दर्ता र कार्ययोजना सार्वजनिक

shape image

रेनेसाँ थियटर नेपालको गठन,दर्ता र कार्ययोजना सार्वजनिक

रेनेसाँ थियटर नेपाल दर्ता भए संगै आफ्नो बार्षिक कार्ययोजनाहरु सार्वजनिक गरेको छ । कोभिड १९का कारण शिथिल बनेको तत्कालिन पोखरेली रंगमञ्च पुनर्जागरण गर्ने उद्देश्यले पोखरामा रहेर स्वतन्त्र रंगकर्म गरिरहेका रंगकर्मिहरुको समुहले सुरुवात गरिएको रेनेसाँ थियटरले एक कार्यक्रमका बिच आफ्ना बार्षिक कार्ययोजनाहरु सार्वजनिक गरेको हो । संस्थाका अध्यक्ष एम.डि. काफ्लेको सभापतित्वमा शनिबार आयोजित पत्रकार सम्मेलन,भेटघाट एवं परिचयात्मक कार्यक्रम मार्फत समुहले ७ सदस्यीय सल्लाहकार समिती र १३ सदस्यीय कार्यकारिणी समितिबारे जानकारी दिएको हो । जसमा कला विभाग प्रमुख निश्चल बिमल,कोषाध्यक्ष राजन पोखरेल,लेखा प्रमुख एलिसा भोग, सुचना प्रविधिमा सरोज तिवारी, बजार ब्यबस्थापक बिबेक त्रिपाठी,संचार प्रमुख रमेश तिमल्सिना,उपप्रमुख रोशनी रामदाम, जनसम्पर्कमा विशाल रेग्मी र सदस्यहरुमा बिबेक मन, झलक थापा र सुदन देवकोटा रहेको छ । साथै सल्लाहकारहरुमा बिधागत हिसाबले साहित्य तर्फ वरिष्ठ साहित्यकार सरुभक्त,अभिनय तर्फ बरिष्ठ रंगकर्मी माओत्से गुरुङ तथा प्रकाश घिमिरे,कला तर्फ शुनिल सिग्देल,कानुनि परामर्श एवं लेखन तर्फ दिपक पराजुलीलाइ मनोनयन गरिएको छ भने संगित र प्रविधी तर्फ एक/ एक प्रस्तावित टुंगिन बाकी गरि ७ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । संस्थाको परिचय सहित भावी कार्यक्रममा स्क्रिप्ट लेखनका लागि लेखन बिधामा इच्छुक सदस्यहरुमा आव्हान गर्नेे, नाटक सम्बन्धी इन्टरभ्यूको शृङ्खलाका गर्नेे, रेडियो नाटक, सडक नाटक, छोटा चलचित्र सम्बन्धि काम गर्ने, पुष र माघ महिना भित्र रंगमञ्चको अनुकुलता हेरि नाटक गर्ने, विभिन्न लेखन निर्देशन, आवाज र अभिब्यक्ति सम्बन्धि वर्कशपहरुको आयोजना गर्ने लगायत आम मानिसलाई नाटक सँग जोड्न अभिमूखिकरण कार्यक्रम साथै अन्य आवश्यकता हेरि कार्यहरु थप्दै जानेबारे समुहमा बिधागत छलफल र योजना बनिरहेको सचिव मिलन गीरीले जानकारी दिए । साथै गतसाल मंसिरमा भारतिय नाटककार हबिब तनविरको नाट्यरुपान्तरण र नेपालि रंगकर्मी आशान्त शर्मा अनुवादित प्रख्यात नाटक चरणदास चोर मंचन गरि नियमित र थप शो गरि लोकप्रीयता प्राप्त गरेको समुहले आगामी दिनमा नेपाली मौलिक नाटक प्रदर्शन गर्नेबारे बृहत छलफल गरिरहेको जानकारी दिए। कार्यक्रममा लेखक तथा कानुनी सल्लाहकार दिपक पराजुलिले संस्थाको सफलता जिम्मेवार ब्यक्तिहरुको सकृयता र पारदर्शितामा निर्भर गर्नुका साथै आफ्नो पहिचानसहितको काममा निरन्तरता र सामुहिक एक्यवद्धताले दीर्घकालीन कार्यहरु गर्न सकिने बताए । औपचारिक कार्यक्रमपश्चात अन्तर्कृयामा सहभागी समुहका सदस्यहरुले आगामी कामहरुलाइ लिएर उत्साहित रहेको प्रतिक्रिया दिएका थिए । कार्यक्रममा समुहका अन्य ३८ जना सदस्यलाइ परिचयपत्र तथा संस्थाको लोगो र नारासहितको टिशर्ट वितरण गरेको थियो । संगीत प्रशिक्षण केन्द्र बिन्ध्यबासिनिको हलमा आयोजित उक्त कार्यक्रमको प्रायोजकमा प्रतीक अफसेट प्रेस, महेन्द्रपुल र आदर्श इन्टरप्राइजेज प्रा.लि. नयाँबजारको साथ रहेको थियो । कार्यक्रमको संचालन रेनेसाँ थियटर नेपालका सकृय सदस्य एवं कलाकार शरद भण्डारीले गरेका थिए ।


SOURCE :SAMAYA DRISTI

Connect With us

© Copyright: Avision Creation, Share To: Renaissance Theatre Nepal

Form WhatsApp

This order requires the WhatsApp application.

Order now